
यही २०७७ असोज ७ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ औँ जन्मजयन्ती पर्न गएकाले उहाँको स्मृति र सम्मानमा साहित्य सागर.नेटले घिमिरे विशेषाङ्क प्रकाशन गरेको जानकारी प्राप्त भएको छ ।
सो विशेषाङ्कमा उहाँलाई बर्षौंदेखि नजिकबाट चिनेजानेका र उहाँलाई अत्यन्त प्रेम गर्ने महत्वपूर्ण साहित्यकार एवम् शुभचिन्तकहरूका महत्त्वपूर्ण सामाग्रीहरू समावेश गरिएका छन् ।
सो विशेषाङ्कलाई गरिमामय कार्यक्रमका बिच नेपाल प्रज्ञा–प्रातिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीज्यूले विद्युतीय माध्यमबाट लोकार्पण गर्दै हुनुहुन्छ ।
घिमिरेले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका छन्। उनी विसं २०४६ सालमा एक वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति पनि भएका थिए भने त्यसअघि एक दशक त्यहाँको उपकुलपति भई सेवा गरेका थिए।
सो कार्यक्रममा उपस्थितिका लागि तपशिल माँ समय र अनलाईन जुम आईडी तोकिएको छ र कार्यक्रमों सहभागिता हुनको लागि सम्पूर्ण साहित्यकार तथा साहित्य अनुरागी महानुभाव हरुलाई उपस्थिति हुनु साहित्यसागर डट नेटका हुन संस्थापक अध्यक्ष मणि नेपाली पनेरु ले यसै सुचना मार्फत जानकारी गराईएको छ ।
कार्यक्रम:- मिति :२०७७ आस्विन ७ बुधबार तदनुसार सेप्टेम्बर २३, बुधवार २०२० समय : साँझ ६: ०० नेपाली समय अनुसार विहान ५: १५ USA pacific time
जुमलिंक:
जुम आइ.डी : 817 9624 9243
पासवर्ड: 995226
२०७७ आश्विन ७, बुधबार प्रकाशित