बर्दिया ठाकुरबाबा न.पा.का ६४ वर्षिय कोरोना संक्रमित एक पुरुषको मृत्यु

|

नेपालगन्ज / नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएकोछ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षिय कोरोना संक्रमित ती पुरुषको उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जनाएकाछन् ।

कोरोना पोजेटिभ ती पुरुषको स्वास्थ्य अवस्थामा समस्या आएपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका थिए । उनको मङ्गलबार मृत्यु भएको हो । योसगैं उपचारका क्रममा बाँके आएर ज्यान गुमाउनेको संख्या ६ पुगेकोछ ।

२०७७ आश्विन ६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।