भेरी अस्पतालका निमित्त मे.सु.डा. प्रकाश थापा कोरोना पोजेटिभ

|

नेपालगन्ज / भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा पनि कोरोनाको भाइरसबाट संक्रमित भएका छन । बाँके जिल्लामा कोरोना नियन्त्रण तथा रोकथाम अभियानको अग्रपंक्तिमा रहेर शुरु देखि नै खटिदै आएका तथा भेरी अस्पतालको विकास र समृद्धिकालागि अहोरात्र खटिदै आउनुभएका डाक्टर थापाको आज आएको कोरोना परिक्षणको नतिजामा कोरोना पोजेटिभ देखिएको फोकल पर्सन नरेश श्रेष्ठले सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन् ।

हाडजोर्नी विशेषज्ञ समेत रहेका डा थापा संगै भेरीमा कार्यरत करिब एकदर्जन विशेष चिकित्सक सहित भेरीमै कार्यरत दुई दर्जनबढी स्वास्थ्यकर्मीपनि यसअघि कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीहरु निको भएर काममा फर्किसकेका छन 

डाक्टर थापालाई कोरोना संक्रमण पुष्टि भएपनि भेरी अस्पतालले भने अन्य संक्रमितहरु संगै उनको नतिजा पनि आधिकारिक रुपले बेलुका सार्वजनिक गर्ने भएको छ ।

२०७७ आश्विन ६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।