मिनी ट्रकले किच्दा बाँकेमा पैदल यात्रुको घटना स्थलमै मृत्यु

|

नेपालगन्ज / मिनी ट्रकले किच्दा पैदल यात्रुको घटना स्थलमै मृत्यु भएकोछ । नेपालगन्जदेखि कोहलपुरतर्फ गइरहेको भे १ क १६५३ नम्बरको मिनि ट्रकले सोमबार बेलुका पौने ७ बजे पिपरीचोक नजिक किच्दा कोहलपुर नगरपालिका वडा नम्बर–९ झण्डहवा निवासी ७० वर्षिय सरटिया थारुको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मिनि ट्रकले तिव्रगतिमा रहेको मिनि ट्रकले किच्दा स्थानीय बृद्ध थारुको ज्यान गएको र उनको शव क्षतविक्षत भएकोछ । घटना लगत्तै मिनि ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक कार्यालय बाँकेमा राखिएकोछ ।

२०७७ आश्विन ६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।