सामाजिक सन्जालको सही सदुपयोग गर्नु पर्ने किशोरीको भनाई

|

डुडुवा (बाँके) / सामाजिक सन्जालको सही सदुपयोग गर्नु पर्ने डुडुवा गाउँपालिकाका किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा डुडुवा गाउँपालिका वडा न.२ को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि साईबर कानुन तथा सामाजिक सन्जाल मार्फत लेख प्रकाशन प्राविधिक तालिममा सो कुरा बताएका हुन् ।

सो तालिममा डुडुवा गाउँपालिकाका वडा नं. २ का किशोरीहरुको सहभागिता रहेको थियो । सो प्राविधिक तालिमका प्रशिक्षक सन्चारकर्मी तथा नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङले क्म्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुन,साईबर अपराधको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए । स्याक नेपालका सुपरभाईजर आकृति यादव र अकलिम खानले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । कोभिडबाट सुरक्षितको लागि कार्यक्रममा मास्क र सेनिटाईजरको प्रयोग अनिवार्य गरिएको थियो ।

डुडुवा गाउँपालिका वडा नं.२ गठित प्रगतिशिल किशोरी क्लबका सहभागी किशोरी पुनम केवट आफूले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । त्यसै गरि अर्का सहभागी मनिषा जयसवालले सामाजिक सन्जाल कसरी सुरक्षित रुपमा सन्चालन गर्ने बारे प्राविधिक ज्ञान पाएको बताइन् । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो । साथै उहाँले बाँकेको आठ वटै स्थानीय तहलाई स्याक नेपालले बाल विवाहमुक्त वडा बनाउन रणनिति बनाईरहेको र स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि कार्य गरेको जानकारी दिनुभयो ।

२०७७ आश्विन ५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।