बाँके कारागारका ५८ वर्षका एक जना कैदी कोरोनाबाट मृत्यु

|

नेपालगन्ज / कोरोनाबाट बाँके कारागारका ५८ वर्षका एक जना कैदीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सुर्खेतको गुर्भाकोेट नगरपालिका ४ सहारे घर भएका कैदीको सोमबार बिहान ६ः२५ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा निधन भएको हो । कर्र्तव्य ज्यान मुद्दाका कैदी उनी पुरानो दमको बिरामी रहेको र स्वास प्रस्वासमा गम्भीर समस्या भएको थियो ।

योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

२०७७ आश्विन ५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।