२४ घण्टामा ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी गराउनु भएको हो ।

नेपालमा आजसम्म ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर परीक्षण गरिसकिएको छ । हाल विभिन्न जिल्लामा १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित छन् ।यस्तै आइसोलेसनमा ८ हजार ९ सय २१ जना छन् भने होम आइसोलेसनमा ८ हजार ६ सय ९० जना रहनु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। गौतमले बताउनु भयो ।यस्तैगरी मुलुकमा विभिन्न जिल्लामा आजसम्म ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा रहनु भएको छ । आईसीयूमा भने १ सय ९६ जनाले उपचार भइरहेको छ । यस्तै ३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज पनि कोरोना भाइरसका कारण देशभर १६ जनाको दुखद निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ जना पुगेको छ ।

२०७७ आश्विन ५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।