‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन

|

काठमाडौं । बिना अक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएका कीर्तिमानी हिमाल आरोही आङरिता शेर्पाको ७२ बर्षको उमेरमा निधन भएको छ । उहाँको सोमबार बिहान १० बजे निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिनुभयो ।

उहाँ पछिल्लो केहि वर्षयता सिकिस्त बिरामी हुनुहुन्थ्यो । उहाँको उपचारमा देश विदेशमा रहेका शुभचिन्तकहरूले समेत सहयोग जुटाएका थिए । शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर चिनिनु भएको थियो । शेर्पाले नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै हिमालको सफल आरोहण गर्नुभएको थियो ।

शेर्पाले सन् १९८३ देखि १९९६ सम्म १० पटक लगातार बिना अक्सिजन सगरमाथाको सफल आरोहण गर्नु भएको थियो । उहाँले सन् १९९० मा छैटौँ पटक सगरमाथाको सफल आरोहण गरेसँगै विश्वमै सबैभन्दा धेरै सगरमाथा चढ्ने आरोहीको कीर्तिमान बनाउनु भएको थियो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।

२०७७ आश्विन ५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।