सम्पूर्ण नेपालीमा ह्यरी भण्डारीको अनुरोध

|
अमेरिकाको मूलधारको राजनीतिमा समाहित हुने अभियान अन्तरगत आगामी नोभेम्वर महिनाको ३, २०२० का दिन हुनलागेको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट राष्ट्रपतिको रुपमा जो वाईडन र उपराष्ट्रपतिको रुपमा कमला हयारिस मैदानमा लडिरहेको छ ।
यसै सन्दर्भमा Maryland state legiaslator ह्यारी भण्डारीको पहलमा Nepalese Americans for Biden” को चुनाव प्रचार प्रसार समिति अमेरिकाको सबै राज्यहरुमा प्रतिनिधित्वगरि डेमोक्रायाटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो वाईडेनलाई विजयी गराउनको ब्यापक रुपमा चुनावी अभियान बढिरहेको छ ।
भोली सेप्टेम्बर २०, २०२० आईतवार अमेरिकाको राजनीतिमा विशेष महत्व र पहुँच राख्नुहुने डेमोक्रयाटिक पार्टीका शीर्षस्थ व्यक्तित्वहरुले नेपाली अमेरिकनलाई सम्बोधन गर्नुहुनेछ।
कार्यक्रम आगामी सेप्टेम्वर २०, २०२० आईतवार, समय अपरान्ह ३ वजे (EST)सहभागी हुन यो लिंकमा दर्तागर्नुपर्नेछ ।
साथै यस भर्चुअल रयालीमा निर्वाचित जनप्रतिनिधीहरु तथा पार्टीपंक्तिवाट गरिने सम्बोधन कार्यक्रममा सहभागिताको लागि अनुरोध गर्दै नेपाली मुलका बिधानसभा सदस्य ह्यारी भण्डारीले रजिस्टर गरौ र हामी अमेरिकन नेपालीको अधिकार सुनिश्चितता र भविष्य निर्माणको निम्ति लागौ  फ़ेसबुक लाईभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला हेर्नुहोला ।
भिडियो साभार- फ़ेसबुक

२०७७ आश्विन ४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।