कोरोना संक्रमण पुष्टि भएका नेपालञ्जमा थप एक व्यक्तिको मृत्यु

|

बाँके । कोरोना संक्रमण पुष्टि भएका नेपालञ्जमा एक व्यक्तिको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज वडा नं.२१ पुरैनी का ५९ वर्षीय एक पुरुषको मृत्यु भएको हो । दुबै फोक्सोमा निमोनिया देखिएको उनको भेरी अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको छ ।

भदौं २१ गते कोरोना पुष्टि भएका ति पुरुषको आज राती ११ : ३० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

२०७७ आश्विन ४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।