अमेरिकाको राष्ट्रपतिको चुनाब का लागि हार्दिक अपिल -उत्तम कार्की

|
अमेरिकाको राष्ट्रपतिको चुनाब का लागि हार्दिक अपिल !
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनि हरुमा हार्दिक नमस्कार !
आगामी नोभेम्बर 3, 2020 मा हुनगईरहेको संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि भएको यो ५९ औं पटकको निर्वाचनमा झण्डै चारलाखको हाराहारीमा अमेरिका आईपुगेका नेपालीहरूमा पनि उत्सुकता जाग्नु स्वाभाविक हो। त्यसमा पनि ग्रीनकार्ड लिएका,नागरिकता पाईसकेका नेपाली अमेरिकनहरूमा झन् निर्वाचनको नशा लाग्नु अन्यथा हैन किनभने अमेरिकी कानुन र बसाईमा प्रवासीहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष निर्वाचनको प्रभाव परेकै हुन्छ किनभने डेमोक्रेटिक पार्टी जत्तिकै उदार रिपब्लिकन नभएको तथ्य छर्लंगै छ सबैले भोगि आएकै हो।
तसर्थ हालै Maryland state legiaslator ह्यारी भण्डारीको पहलमा Nepalese Americans for Biden” को चुनाव प्रचार प्रसार समिति सम्पूर्णअमेरिकाको पचास वटै राज्यको प्रतिनिधित्वगरि डेमोक्रायाटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो वाईडेनलाई विजयी गराउनको लागि गठन गरि प्रचार प्रसार गर्ने क्रममा क्यालिफोर्निया राज्यको तर्फबाट Nepalese Americans for Biden’ को अभियान प्रखर रूपमा भैरहेको छ।
यसै सन्दर्भमा सेप्टेम्बर १८ मा भएको जुम मिटिंगको छलफल अनुसार समितिका साथीहरूसंग परामर्श गरि पुन: सबै साथीहरूले अमेरिका भरि रहनु हुने सबै खाले समुदायमा सम्पर्क गरि यहि सेप्टेम्बर २० आइतबार ठिक अपराहन्न १२:०० बजे Pacific time अनुसार Maryland state legiaslator ह्यारी भण्डारी लगायत Chrish Van Hollen US Senator MD ,LInda t sanchez congress women CA, Bel leo hong Dnc member,Robbie lenard Democract central committe MD का सॉसदहरू संग हुने जुम मिटिंगमा अधिक भन्दा अधिक संख्यामा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु ।
हाम्रो समस्या हाम्रै प्रतिनिधिलाई बुझाऊन सके प्रवासको बासमा सुविधा हुने हुनाले सबै नेपाली दाजुभाइ दिदि बहिनीहरूलाई सरिक हुन पुन: अनुरोध गर्दछु साथै यस महान् अभियान मा बसेर काम गर्नु हुने सम्पूर्ण टिम का साथी हरु लाई एंव सल्लहाकार ज्यु हरुलाई बिशेष धन्यबाद दिन चाहन्छु ।
धन्यवाद!
उत्तम कार्की
संयोजक
क्यालिफोर्निया राज्य उत्तर क्षेत्र प्रचार प्रचार समिति
Chair (Northern California)
Date;Sep ,20 -2020 12.00 pm Pacific time
Zoom ID: 2783 4245 865
PASSWORD: 668049

२०७७ आश्विन ४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।