प्रहरी सहायक निरीक्षक कुल बहादुर विकको जि. प्र.का.बाँकेमा सरुवा

|

बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं.२ मा अवस्थित बेलभार प्रहरी चौकीमा उत्कृष्ट कार्य गरेका प्रहरी सहायक निरीक्षक कुल बहादुर विकको सरुवा भएको छ। आफ्नो कार्यकालमा जानकी गाउँपालिकामा ईमानदारीताका साथ कार्य गरेर थुप्रै सम्मान पाएका प्रहरी सहायक निरीक्षक कुल बहादुर विक सामाजिक कार्यमा सदैव अग्रसर रहेका छन् । बालविवाह र मानव बेचविखन विरुद्धमा कडा रुपमा उत्रने प्रहरी सहायक निरीक्षक कुल बहादुर विक स्थानीय नागरिकको प्रिय बन्न सफल बनेका छन् ।

९ महिनासम्म बेलभार चौकीको प्रमुखको रुपमा कार्यरत प्रहरी सहायक निरीक्षक कुल बहादुर विकको आज बेलभारका स्थानीयहरुले एक कार्यक्रमको आयोजना गरि भब्य बिदाई गरेका छन् । जिल्ला प्रहरी बाँकेमा सरुवा भएका बिकले आफू जहाँ गए पनि देश र जनताको लागि सदैव कार्य गर्ने र दुखी गरिबको लागि सेवा गर्न पछि नसर्ने बताउनुभयो । जानकी गाउँपालिकामा कार्यरत हुँदा प्रहरी सहायक निरीक्षक कुल बहादुर विकले समाजको लागि सरसफाई अभियान, आत्महत्या रोकथाम बारे सचेतना अभियान सन्चालन गरेका छन् । उहाँले गरिबीका कारण पढाई छोड्न बाध्यभएका विद्यार्थीहरुलाई पुनःविद्यालय भर्ना गराई शिक्षाको ज्योति फैलाउन सक्रिय रहने विकले बताउनुभयो ।

सो बिदाई कार्यक्रममा नेकपाका नेता डम्बर विक तुफान, वडा नं. २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद यादव, कार्यपालिका सदस्य टिकाराम विक लगाय स्थानीय नागरिको सहभागिता रहेको थियो । यो ९ महिनासम्म कुनै पनि अप्रिय घटना नभएको र आफुहरु शान्त वातावरणमा हिडँडुल गर्न पाएको स्थानीयहरुले बताए ।

२०७७ आश्विन ३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।