महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई राहत तथा उद्धारको व्यवस्था गरेका छन्।
गत भाद्र २२ गते बिहान लापिलाङस्थित रानीवन भीर भत्किएर काँडाबारी बस्तीका पस्दा ९ वटा घर पूर्णरुपमा तथा ३२ घर आंशिक रुपमा क्षति हुँदा २६ घर परिवार पूर्णरुपमा विस्थापित हुन पुगेका थिए ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसहित शुक्रबार, असोज–२ गते पहिरो प्रभावित क्षेत्रमा पुगेका मन्त्री गुरुङले पीडितलाई अत्यावश्यक खाद्यन्न, त्रिपाल लगायतका राहत सामग्री वितरण गर्नु भएको हो ।
तीनवटै तहका सरकार मिलेर त्यहाँको बस्ती स्थानान्तरणका लागि तत्काल पहल गरिनेछ र पीडितलाई थप राहतको व्यवस्था गरिनेछ, मन्त्री गुरुङले भने, ‘जोखिममा परेको उनले विपत्तिको यो बेला पीडितका लागि राज्य छ भन्ने अनुभूति दिलाउने गरी आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
मन्त्री गुरुङले पहिरोले बिचल्लीमा परेका पीडितसँग भेट गरी पहिरोबाट २ सय ४७ घर परिवार प्रभावित भएका पिडितहरुलाई राहत वितरण गरेका हुन् । त्यस अवसरमा बोल्दै उनले पीडितहरुको जिम्मा राज्यले लिने बताए ।
२०७७ आश्विन ३, शनिबार प्रकाशित