सकिदैन देश भुल्न जहाँ सुकै गएपनि, राष्ट्रप्रेमी गितको छायांकन शुरु

|

“सकिंदैन देश भुल्न जहाँसुकै गएपनि, धड्किरन्छ मुटुसँगै जति टाढा रहेपनि” बोलको देशभक्तिपूर्ण गीतको छायांकन अमेरिकाको क्यालिफोर्नियामा धमाधम शुरु भएको छ।

८८४८ पिक्चर्सले निर्माण गर्न लागेको उक्त गीतको शुटिङ कार्य क्यालिफोर्निया, लस एन्जलस वरपरका रमणिय स्थलहरुमा भैरहेको जानकारी ८८४८ का शंकर राज वाग्लेले दिनुभयो।

 

 

बिभिन्न परिस्थितीबश परदेशिनुपरेका मनहरुले देशलाई कसरी र कतिसम्म मायाँ गर्छन् भन्ने भाव यस गीतमा जस्ताको त्यस्तै प्रस्तुत गरिएको जानकारी शुटिङ स्थलबाटै सर्जक बसन्त लम्सालले दिनुभयो।

अमेरिकाको कोलोराडोबासी बसन्त लम्सालकै शब्द, संगीत र स्वोर रहेको यो गीतलाई फेसबूकमार्फत यसअघि नै बिसौँ हजार दर्शक-श्रोताहरुले मन पराइसक्नुभएको छ।

८८४८ का शंकर राज वाग्ले र संजय कार्कीको छायांकन रहेकोउक्त भिडियोमा श्याम सेढाईको संयोजन रहेकोछ।

उक्त भिडियोका लागि स्थानिय सामाजिक कार्यकर्ता टेक वाईबाले सांस्कृतिक संयोजन गर्नुभएको छ। तामांग सोसाइटी अफ लसएन्जल्स तथा लसएन्जल्स गुरुङ सोसाइटिको साथ-सहयोगमा निर्मित, बिभिन्न जात-जातिको प्रबासी सांस्कृतिक पहिचान समेत झल्काउने यस गीतको पूर्ण भिडिओ छिट्टै सार्वजनिक गरिने जानकारी निर्देशक एस. राजले दिनुभयो।

२०७७ आश्विन ३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमा र युट्युवमा पनि जोडिन सक्नुहुनेछ ।