
बाँके / नेपालगन्ज जेसीजले भदोै १९ गते देखि असोज १ गते सम्म विभिन्न क्रियाकलापका कार्यक्रमहरु गरि ई.स. २०२० को सप्ताह कार्यक्रम आज सुनाखरिमा सम्पन्न गरेको छ । नेपालगन्ज जेसिजको पहिलो इतिहास हो ई।स २०२० को सप्ताह कार्यक्रम निरन्तर गरिएको र सप्ताह पहिलो कार्यक्रम गणेश मन्दिर वडा नम्बर १० मा विक्षरोपण , दोस्रो भेरि अस्पताल रेडक्रस भवनमा रक्तदान कार्यक्रम , तेस्रो नेपालगन्ज को रमणीय स्थल वाटरपार्क सरसफाइ , चोैथो नेपालगन्जका सबै चोकहरुमा कोभिड १९ को ब्यानर, पाँचौ नेपालगन्ज बजार र्यालि , छैटौं पुर्व जेसीज अध्यक्ष सम्मान कार्यक्रम र सातोै अथवा समापन कार्यक्रम असोज १ गते आज सुनाखरिमा सम्पन्न गरिएको छ।
सप्ताह समापन कार्यक्रम संयोजक आशिष आनंद ,सभापति जेसि २०२० अध्यक्ष प्रज्वल कुमार श्रेष्ठ , सप्ताह कार्यक्रमका संयोजक प्रकाश कुवर , कार्यक्रममा प्रमुख अतिथि बाँके क्षेत्र नम्बर २ का सांसद तथा पुर्व शहरी विकास मन्त्री ईस्त्याक राई , बिशिस्ट अतिथि प्रदेश सभा सदस्य माननीय सांसद सुरेन्द्र हमाल, अतिथि नेपालगन्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापा मगर , भेरि गंगा जेसिजका अध्यक्ष नवराज उपाध्य , पुर्णतारा फाउन्डेसनका अध्यक्ष तारा कुमारि रोकाय , राष्ट्रिय युवा परिषद ५ का ईन्चार्ज साहील अन्सारी , लियो क्लब अफ ने।ग वाग्यश्वरि अध्यक्ष अस्मिता सुवेदी , लगाएत सम्पूर्ण पुर्व जेसीज अध्यक्ष हरुको उपस्थिति रहेको थियो ।
सप्ताह कार्यक्रममा प्रमुख अतिथि बाट दिप प्रज्वोलन गरि कार्यक्रम सुरु भएको थियो भने राष्ट्रिय गान , जेसीज आस्था पाठ लगाएत बाट कार्यक्रम सुरु भएको थियोे भने कार्यक्रम संचालन नेपालगन्ज जेसीजका सचिव माधव प्रसाद बेलबासेले गर्नु भएको थियोे ।