कर्णाली प्रदेशमा प्रदेश युवा सम्मेलन भर्चुअल रुपमा शूरु

|

सुर्खेत/ नेपाल युवा परिषद, मास्टरपिस एनवाईसी नेपाल,नेपाल युवा परिषद कर्णाली प्रदेशको संयुक्त आयोजनामा कर्णाली प्रदेशमा प्रदेश युवा सम्मेलन भर्चुअल रुपमा शूरु भएको छ ।  सो सम्मेलनको प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका प्रबक्ता एवं, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय बिमला केसीले युवाहरु सचेत वर्ग भएकोले सरकारको कार्यमा सदैव सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।साथै उहाँले युवाहरुलाई उद्यमशिलता बनाउन सरकार सक्रिय भई अगाडि बढीरहेको जानकारी गराउनुभयो ।

त्यसैगरि अर्का अतिथि साझा पार्टी कर्णाली प्रदेशका संयोेजक गेहेन्द्र प्रसाद दाहालले युवाहरु सचेत भई सरकारको खबरदारी गर्नु पर्नेमा जोड दिनुभयो । त्यसैगरि अर्का अतिथि बरिष्ठ कलाकार प्रेमदेव गिरीले जेष्ठ नागरिकको सोच र नव युवाहरुको जोशमा संयोजन गर्नु पर्नेमा जोड दिनुभयो । बराहताल गाँउपालिका वडा न.४ अध्यक्ष टेक बहादुर कठायतले युवाहरुलाई सदैव सहयोग गर्नु पर्ने बताउनु भयो । सम्मेलनको पहिलो दिन निर्वाचन आयोगका सदस्य सचिब कोमल प्र. धमलाले निर्वाचनमा युवाको भुमिका बारे प्रशिक्षण गर्नुभयो । माधव चौलागाईंले पर्यटनले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दिगो बिकासमा सम्बन्ध राख्दछ राख्ने बारे बताउनुभयो । बाल रोग विशेषज्ञ डा. नवराज के. सि. ले “आमा र आमाको दुध नै देशको अर्थतन्त्रको ठुलो जड हो , आमाको गर्भले नै बच्चाको भबिष्य निर्धारण गर्ने बताउनुभयो । जीवन बिज्ञान केन्द्रका कोच भानु शर्माले सारा क्रान्तिको अन्तिम लक्ष्य मनुष्यको सन्तुष्टि रहेको ,सारा क्रान्तिको केन्द्रबिन्दु जिबनको र यसले व्यक्तिको जिबनमा रुपान्तरण गर्नु पर्नेमा जोड दिनुभयो ।

युवा सम्मेलनका लागि कर्णाली प्रदेशका १० जिल्लाहरुबाट २०० बढी युवाहरुको सहभागिता जनाएका छन । सो प्रदेश युवा सम्मेलन यही असोज १ र २ गतेसम्म २ दिन सम्म सन्चालन हुनेछ ।सो सम्मेलनमा आज पहिलो दिन निर्वाचनमा युवाको भुमिकाको बारेमा निर्वाचन आयोग नेपालका उपसचिव कोमलप्रसाद धमलाले प्रशिक्षण दिनुुभएको थियो । भने सम्मेलनको दोस्रो दिन युवा र राजनीति, गुणस्तरीय शिक्षा, युवा र कोभिडको अवस्था र युवा र कृषि उद्यमशिलता विषयमा प्रशिक्षण हुने नेपाल युवा परिषद,कर्णाली प्रदेशकाा संयोजक ईन्द्रजित सुनारले जानकारी दिए ।

सो सम्मेलनमा १८ देखि ३० बर्ष उमेर समूहका युवाहरुको सहभागीता रहेको छ । युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस साथै युवा शक्तिलाई स्वदेशमै उद्यमी बन्न सहज वातावरण निर्माण बनाउन भन्ने मुख्य उद्धेश्यका साथ सम्मेलनको आयोजना गरिएको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सराज बाँनियाले जानकारी दिनु भयो ।  सो सम्मेलनको सन्चालन नेपाल युवा परिषद, सुर्खेतका महासचिव जगत बहादुर शाहीले गर्नुभएको थियो ।

२०७७ आश्विन २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।