नेपालगञ्ज फुड बैंकको उद्घाटन

|

नेपालगञ्ज / नेपालगञ्ज फुड बैंकको उद्घाटन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका, गैर सरकारी संस्था महासंघ नेपाल, बाँके शाखा र आईएचआरसिको सहकार्य, बास र रोटरि क्लब अफ नेपालगञ्जको संयोजन तथा व्यवस्थापनमा अस्पताल रोडमा स्थापित बैंकको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा र उपप्रमुख उमा थापा मगरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

बैंक अस्पताल रोड र काँरकाँदौ चौकमा गरि दुई स्थानमा आज देखि बैंक सञ्चालनमा ल्याईएकोछ । बैंकबाट गरिव, असहायहरुलाई खाद्यान्न सहयोग गरिनेछ ।कोरोना भाईरसका कारण लक डाउन बढ्दै जाँदा रोजगारी, मजदुरी गुमाएर खानाको समेत जोहो नभएका व्यक्तिहरुलाई लक्षित गरि फुड बैंक स्थापना गरिएको हो । गैर सरकारी संस्था महासंघ नेपाल, बाँकेको हलमा स्थापित फुड बैंकको औपचारिक उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले संयुक्त रुपमा गरे ।

उनीहरुले रिबन काटेर बैंकको उद्घाटन गरेका हुन् । काँरकाँदौ र अस्पताल रोडमा गरि २ स्थानमा आज देखि फुड बैंक स्थापना भएका छन् । फुड बैंक उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले गरिव, असहायहरुको सहयोगका लागि फुड बैंक स्थापना भएको भन्दै बैंकले चुलो निभेकाहरुका लागि मलहम पट्टि लगाउने आशा व्यक्त गरे । उनले परोपकारी भावनाका साथ स्थापना भएको फुड बैंकको स्थापना अनुकरणिय प्रयास भएको बताए ।

२०७७ भाद्र ३१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।