बर्दिया / प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको साझेदारिमा संचालित बर्दिया जिल्लामा कार्यरत सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल, बाँके युनेस्को क्वब, बि ग्रुपको संयुक्त समन्वयमा बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकामा परियोजना बारे जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बिषेश त परियोजनाको लक्ष्य उदेश्य र उदेश्यअनुसार लक्ष्य पुरा गर्नका लागी तय गरिएको कृयाकलाप तथा बजेटका बिषयमा छलफल गरिएको छ ।
परियोजनाका बिषयमा स्याक नेपाल बाँकेका तर्फदेखी कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले सिकाइ परियोजना,प्रायोजित संचार ब्यबस्थापन परियोजना, बि ग्रुपका कार्यक्रम अधिकृत सुर्य नेपालीे र युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिक बाट परियोजनाको लक्ष्य उदेश्य यसको यसको प्रभावका बारेमा साथै पालिका तहमा कार्यक्रम संचालनका लागी गरिएको बजेट समेत जानकारी गराएका थिए ।
उक्त बैठकमा प्रस्तुती भएका परियोजनाका कृयाकलापहरु माथी सहमागीहरुबाट कार्यक्रमका दौरानमा,यसको प्रभावकारीता, अनुगमनको मुल्याङ्गनको ब्यबस्था बारे उठेका सवालमा परियोजनाका मुख्य ब्यक्तिहरुले प्रष्ट पारिएको थियो ।
बैठकमा सहभागीको रुपमा आफनो भनाइ राख्दै बढैयाताल गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले यस पालिकाभित्र सामाजिक बिकासको उदेश्यका साथ बिकासको साझेदारी गर्न आउनु भएका बिभिन्न संघसस्थाहरुलाई स्वागत गदै यसको दिर्घकालिन लक्ष्य पुरा गर्न पालिकाले संयुक्त पहल गर्ने प्रतिबद्घता जनाउनु भयो .। कार्यक्रमको समापन सत्रमा बोल्दै गाउपालिका उपाध्यक्ष दिपा कुमारी गौतमले पालिकाभित्र काम गर्ने संघंसस्थाहरुको बिकासमा महत्वपुर्ण भुमिका खेलेको र पालीका तहले बिनियोजना गरेका बिभिन्न कृयाकलाप र संघसस्थाले गर्ने कृयाकलापमा साझेदारिको रुपमा गर्ने योजना बनाएको बताउदै यस पालिकाले समग्र बिकासको गुरुयोजना निर्माणका लागी पहल भएको र पालिका साझेदारिका लागी हातेमालो गर्ने जानकारी ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बढैयाताल गाउपालीका प्रमुख लाल बहादुर श्रेष्ठ,उपाध्यक्ष दीपा कुमारी गौतम,प्रमुख प्रसाशकिय अधिकृत अर्जुन स’बेदी,शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाल,महिला शाखा प्रमुख दुर्गा देबि हमाल,सामाजिक बिकास समिती कमल खड्का, नागरीक समाज संजाल बाल कृष्ण लामिछाने बाल अधिकार समिती प्रतिनिधि नेत्र उपाध्याय, वडा अध्यक्षहरुको सहभागीता रहेको थियो । कार्यक्रम संचालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिक गरेको सिकाइ परियोजनाका लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो।