काठमाडौँ —
सरकारले कोभिड १९ को जोखिम न्यूनिकरणका लागि बन्द गर्दै आएको अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म जारी राख्ने निर्णय गरेको छ साथै आन्तरिक उडान भने असोज १ गतेदेखि खुला गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाका सबै विन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट असोज ३० सम्म प्रवेश निषेध गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै सरकारले भारत र चीनमा समस्यामा परेका नेपालीलाई प्रवेशका लागि थप ३ नाकामा आवागमन स्वीकृति दिइएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले सबै अन्तर्राष्ट्रिय नाकाहरुमा प्रवेश निषेध गरिए पनि समस्यामा परेका नगारिकलाई निश्चित नाकाबाट आउन दिने बताउनुभयो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ र अन्य मापदण्ड पूरा गर्नुपर्नेछ ।
इलामको पशुपतिनगर, दार्चुलाको खलंगा पुलघाँट र चीनतर्फ रसुवागढी प्रवेश विन्दुबाटनाकाबाट समेत अब नेपालीहरु स्वेद फर्कन पाउने भएका छन् ।
२०७७ भाद्र ३१, बुधबार प्रकाशित