अनुज वर्मा बि. पि. कोइराला युवा नेतृत्व मंच, नेपालगन्ज पालिका अध्यक्ष नियुक्त

|

बाँके । बि. पि. कोइराला युवा नेतृत्व विकास मंचद्वारा बाँकेको विभिन्न पालिकाका पालिका अध्यक्ष नियुक्ति गरिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष पदमा अनुज वर्मालाई नियुक्ति गरिएको छ । बि. पि. कोइराला युवा नेतृत्व मंचका अध्यक्ष भीम प्रसाद पौडेलले पालिकाहरुको जिम्मेवारी युवाहरुलाई दिएको सूचना पत्र मार्फत जानकारी गराएका छन् ।

पौडेलका अनुसार अबको विकास युवाहरुको हात र साथ भए मात्र सम्भव रहेकोले युवाहरुलाई पार्टी प्रवेश गराउनुको साथै उनीहरुको समाज प्रति जिम्मेवारी र जनता प्रतिको दायित्व बोध गराउँदै देश विकासमा निकै ठुलो सहयोग हुन सक्ने पौडेलले बताएका छन् ।

उहाँले जानकारी दिए अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष पदमा अनुज वर्मा, राप्ती सोनारी गाउँपालिका कृष्ण बहादुर केसि, बैजानाथ गाउँपालिका डम्मर रावत , जानकी गाउँपालिका टिकानाथ यादव , खजुरा गाउँपालिका सञ्जु सिंह ठकुरी ,डुडुवा गाउँपालिका खेमनाथ अधिकारी र नरैनापुर गाउँपालिकाको लागी नितेश मौर्यलाई नियुक्ति गरिएको छ ।

२०७७ भाद्र ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।