नेपालगन्ज जेसीजद्धारा भुपु अध्यक्षहरुलाई खादा ओढाएर सम्मान

|

नेपालगन्ज / जेसीजको सप्ताहको छैटौं कार्यक्रममा पुर्व अध्यक्ष सम्मान कार्यक्रम सम्पन्न भएको छ । बाँके नेपालगन्ज जेसीजले पहिलो पटक नेपालगन्ज जेसीजका सम्पूर्ण भुपु अध्यक्षहरुलाई खादा ओढाएर सम्मान पत्र वितरण गरेको छ । ई.स. १९७६ बाट सुरुवातमा आएको नेपालगन्ज जेसीज हाल ई.स. २०२० लाग्दा ४४ बर्ष पुगेको र ४४ बर्षको अवधिमा सम्पूर्ण भुपु अध्यक्षलाई सम्मान र कदर गरेको यो पहिलो कार्यक्रम रहेको जेसीज २०२० का अध्यक्ष प्रज्वल श्रेष्ठले बताउनु भयो ।

कोभिडको लकडाउने गर्दा अझ धेरै कार्यक्रमहरु बाट बञ्चित रहेको अध्यक्षले बताउनु भएको थियो भने हामिले सप्ताहको पहिलो कार्यक्रम बृक्षारोपण, दोस्रो रक्तदान , तेस्रो वाटरपार्क सरसफाइ , चोैथो नेपालगन्जका सबै चोकहरुमा कोभिड १९ को ब्यानर, पाँचौ नेपालगन्ज बजार र्यालि , छैटौं आज पुर्व जेसीज अध्यक्ष सम्मान कार्यक्रम र सातोै कार्यक्रम असोज १ गते सुनाखरिमा सम्मापन गर्ने नेपालगन्ज जेसीजका अध्यक्ष प्रज्वल श्रष्ठले बताउनु भयो ।

पुर्व अध्यक्ष सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रदेश ५ का सांसद सुरेन्द्र हमाल, विशिष्ट अतिथि नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सेनेटर रवीन्द्र कर्ण , अतिथिमा २०२० का अध्यक्ष प्रज्वल श्रेष्ठ लगाएत सम्पूर्ण जेसीजका पुर्व अध्यक्षहरु रहनु भएको थियो भने कार्यक्रममा अध्यक्ष प्रज्वल श्रेष्ठ , सुरेन्द्र हमाल, रवीन्द्र कर्ण लगाएतले आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रम समापन असोज १ गते बिहिवार साझ ५ बजे सुनाखरीमा हुने सप्ताह कार्यक्रमका संयोजक प्रकाश कुवरले बताउनु भयो ।

२०७७ भाद्र ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।