
बाँके / लागुऔषध अफिमको अवैध कारोबारमा संलग्न दुई जना बाँके प्रहरीको फन्दामा परेका छन । दाङबाट कुशुम नाका हुँदै बाँके ल्याउँदै गरेको अवस्थामा १० किलो अफिम सहित दुई जना कारोबारीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेको राप्तीसोनारी १ कुशुम बजारमा हिडिरहेका रुकुम (पुर्व) उत्तरगंगा गाँउपालिका ८ का धनबहादुर सेन र घोराही उपमहानगरपालिका वडा नं. १९ का बसन्त घर्ती मगरलाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट १० पोका अफिम बरामद गरीएको प्रहरीले जनाएको छ ।
दाङबाट अवैध लागुपदार्थ सहित केही ब्यक्ति बाँके प्रवेश गर्न लागेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षकसहितको टिमले कुशुम बजारबाट उनिहरुलाई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिए । सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा पत्रकार सम्मेलन लागुऔषध अफिम सहित पक्राउ परेका ब्यक्तिलाई सार्वजनिक गरीएको छ ।