वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनितका लागि सरकारको सिफारिस

|

काठमाडौं । मन्त्रिपरिषदको सोमबारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनितका लागि सिफारिस गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित गर्ने एक सदस्य पद २०७६ फागुन २० गतेदेखि रिक्त थियो । सो पदका लागि नेकपा स्थायी समितिको यही भदौ २६ गते सम्पन्न बैठकले पनि वामदेवलाई पठाउने निर्णय गरेको थियो ।

तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।

२०७७ भाद्र ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।