काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । सरकारले लामो दूरी अन्तरजिल्ला यातायात सेवा र आन्तरिक हवाई उडान २०७७ असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार सम्पन्न बैठकले यस सम्बन्धी निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमण बढेसँगै सरकारले २०७६ चैतबाट यातायात सेवा र आन्तरिक हवाई उडानहरु बन्द गरेको थियो । कोरोना संक्रमण अत्यधिक बढेसँगै लगाइएको निषेधाज्ञा केही खुकुलो गर्दै लगे पनि अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडानमा भने रोक लगाइएको थियो ।