बाल दिवसको अवसरमा १२ जना बालबालिकालाई खाद्यान्न सामग्री वितरण

|

नेपालगन्ज / राष्ट्रिय बाल दिवस २०७७ सालको अवसरमा लायन्स क्लब अफ नेपालगन्ज इन्नोभेटिभ र लियो क्लब अफ नेपालगन्ज इन्नोभेटिभको संयुक्त आयोजनामा जानकी गाउँपालिकामा रहेको समाज प्रवर्द्धन विकास केन्द्रका १२ जना बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरेको छ । सो खाद्यान्न वितरण कार्यक्रमका सभापति लायन्स मिना ढकालले गर्नु भएको थियो भने प्रमुख अतिथि डिस्ट्रीक्ट कोर्डिनेटर लायन्स मुकुट ढकालले विपतमा परेका नागरिकहरुलाई लायन्सले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गनुभयो ।

सोही अवशरमा विशिष्ट अतिथि जोन चेयर पर्शन लायन्स सन्जय थापाले आगामी दिनमा पनि यी बालबालिकाहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्ने ब्यक्त गर्नुभयो । सो खाद्यान्न वितरणमा लायन्स किशोर आचार्य, लायन्स सुशिला चन्द, जिल्ला बाल क्लबका अध्यक्ष अंकित मिश्र , समाजिक विकास तथा प्रवर्द्धन केन्द्रका संचालक मिन प्रसाद अर्याल लगायत सम्पूर्ण लायन्स र लियो इन्नोभेटिभ कार्यक्रममा उपस्थित रहेको लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष लियो प्रकाश कुँवरले जानकारी दिए ।

२०७७ भाद्र २९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।