सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको घुम्थाङको तीन स्थानमा पहिरोमा परी ३० जनाभन्दा बढी वेपत्ता भएका छन् । ६ जनाको शव फेला परेको छ ।
आइतवार विहान घुम्थाङको भीरखर्कदेखि आएको पहिरोले नागपुजे, भिरखर्क र नेवार टोलका घरहरु पुरेको छ । पहिरोमा परी नागपुजे र भीरखर्कका १२ घर पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ साथै खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको जनाएको छ ।