आज प्रदेश नं.५ मा प्रदेश युवा सम्मेलन हुदै

|

प्रदेश नं.५ मा आज प्रदेश युवा सम्मेलन हुदैछ । सो प्रदेश युवा सम्मेलन यही भाद्र २६ र २७ गते सम्म २ दिन सम्म सन्चालन हुदैछ । युवा सम्मेलनका लागि प्रदेश नं.५ बाह्र वटै जिल्लाहरुबाट २५० बढी युवाहरुको सहभागिता जनाउने भएका छन । आज हुने सम्मेलनमा बाह्र वटै जिल्लाका २ सय ५० जना युवाहरुको सहभागिता रहने नेपाल युवा परिषद प्रदेश नं.५ का प्रदेश संयोजक सोम गुरुङ्गले जानकारी दिए ।

सो युवा सम्मेलनमा प्रदेश नं.५ युवाहरुले मात्रै सहभागिता जनाउने भएका छन । प्रदेश युवा सम्मेलन २०२० सम्मेलन अनलाईन माध्यमबाट २ दिन सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । सो सम्मेलनमा निर्वाचनमा युवाको भुमिका, जलवायु परिवर्तन, उद्यमशिलता, सुशासन र मनोसामाजिक परार्मश विषयमा प्रशिक्षण हुने भएको छ ।

यस्तै प्रदेश नं.५ प्रत्येक जिल्लाबाट कम्तिमा ५ जना महिला तथा ५ जना पुरुषले सहभागीता जनाउन पाउनेछ भने ईच्छुक युवाहरुले पनि कार्यक्रममा सहभागिता जनाउन पाउने नेपाल युवा परिषद प्रदेश नं. ५ जनाएको छ ।

सो सम्मेलनमा १८ देखि ३० बर्ष उमेर समूहका युवाहरुले सहभागीता हुन पाउनेछ । सम्मेलनमा सहभागी हुन अनलाईन फारम भरेको हुनुपर्ने आयोजकले बताएको छ । युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस भन्ने मुख्य उद्धेश्यका साथ सम्मेलनको आयोजना गर्न लागिएको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सराज बाँनियाले जानकारी दिनु भयो ।

२०७७ भाद्र २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।