समयमै हरेक हिंसा बिरुध्दमा आवाज उठाऔ

|
यस चलचित्रमा मैले प्रहरी अफिसरको रुपमा अभिनय गर्ने अवसर पाएको थिएँ। सर्बप्रथम ८८४८ पिक्चर्स प्रति हार्दिक आभार प्रकट गर्दछु ।
हामी आप्रवासी नेपालीहरुमा घटेका बिभिन्न घटनाहरु मध्ये घरेलु हिंसा पनि एक प्रमुख घटना हो र राईज अप एउटा प्रतिनिधि चलचित्र मात्र हो । अन्तराष्ट्रीय डायस्पोरामा घटिरहेको बास्तविक घटनाक्रम तथा विभिन्न हिसां, सामाजिक विकृतिसंग जोडिएका विषयलाई उजागर गर्नतिर स्थानीय संघ संस्थाहरुको ध्यान गएको पाईदैन।
विशेष गरी भाषण, विभिन्न बैठक र भेलाले केहि उपलब्धि भएको जस्तो मलाई लाग्दैन,सबै खाले हिंसा अन्त्यका लागि समाज लगायत सबै सरोकारवाला निकायहरु ज़िम्मेवारी हुनु आवश्यक छ ।
हिंसा सबै राष्ट्रहरुमा हुने गर्दछ तर यसको कारण र प्रकिया मात्र फ़रक छ, महिला हिंसाको अन्त्यको लागि पहिले हामी सचेत नागरिक आफैबाट सुरुवात गर्दै जिम्मेवार र दायित्व वहन गराउन सकेमा बिभिन्न हिंसाका घटनामा निश्चय नै कमि आउने छन् ।
अमेरिकामा पनि थुप्रै आप्रवासीहरु छन् जो घरेलु हिंसाबाट पिडित छन् कतिपयले यस्ता घटनाहरुलाई आफु भित्रै दबाउन खोज्दा परिवारमा अनेकौ घटनाहरु घटेका छन् ।
हामीले समयमा नै  सचेत हुन आबश्यक छ त्यसैले यदि तपाई हामी बिचमा पनि यस्ता घटनाहरु छन् भने यसलाई लुकाउने कोशिश नगरौ । समयमै हरेक हिंसा बिरुध्दमा आवाज उठाऔ ।
अन्त्यमा यस चलचित्रका निर्देशक शंकर राज वाग्ले (एस.राज), कथाकार संचारकर्मी एंव सामाजिक अभियान्त डोल्मा लामा, छायाँकार शंकर राज वाग्ले (एस.राज) / सन्जय कार्की, श्याम सेढाई लगायत मेरा सम्पूर्ण टिमभित्र रहेका मित्रहरुलाई फेरि एक पटक धन्यवाद दिन चाहन्छु ।
हामीले अन्तराष्ट्रीय डायस्पोरामा घटिरहेका विभिन्न विषयहरु संग सम्बन्धित सम्बन्धित जनचेतनामुलक भिडियोहरु निर्माण गरीरहेका छौ साथै हामीलाई धेरै सकारात्मक सल्लाह सुझावहरु आईरहेको छ, आगामी दिनहरुमा पनि यस्तै माया र शुभेच्छा को कामना गर्दै सम्पूर्ण लाई एकपटक राईजप हेर्नुहोस् र यो सचेतनाको सन्देशलाई एक आपसमा शेयर पनि गरौ भन्न चाहन्छु ।
टेक वाईबा लामा
उपाध्यक्ष
हामी नेपाली ग्लोब
अन्तर्राष्ट्रीय संघ

२०७७ भाद्र २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।