वल्ला घर पल्ला घर म्यूज़िक भिडियो सार्वजनिक

|

 हल्का कमेडि टाइपको उक्त भिडियो डाइरेक्सन बालकृष्ण सेवाचार्य छाँया्कन तथा सम्पादन अशोक रंजित कलाकार मान मोक्तान / संगीता मानान्धर / प्रताप हुमागाई रहेका छन् भनेर बिशेष त यो रोमान्टिक लभस्टोरीमा आधारित लोक पप गीत हो ।

गीत वल्ला घर पल्ला घर शब्द संगीत स्वर सुमन वैद्य, संगीत संयोजन बालकृष्ण सेवाचार्यले गरेका छन् ।यसलाई बालकृष्ण सेवाचार्यले आजभोलिका युवा बर्गको लागि ब्लुज ईस्टाइलमा संगीत संयोजन गरेका छन् ।

अहिले समय लक डाउनको अबस्थामा सबै घरमै बस्नु पर्ने अवस्था र त्यहि घरमा फुर्सदमा बसेको समयमा वल्ला घर पल्ला घर का एक जोडिमा पर्न जाने माया प्रेमलाई एउटा रोमान्टिक ढंगले प्रस्तुत गरिएको छ । यो गीतको भिडियो लाई Suman Baidhya Official Youtube channel बाट बजारमा ल्याईएको छ ।

 

२०७७ भाद्र २४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।