रिया चक्रवर्ती १४ दिनको न्यायिक हिरासतमा

|
भारतीय चलचित्र अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको लागुऔषध कारोबारको मामिलामा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीलाई नआगामी २२ सेप्टेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको छ ।
भारतीय नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मंगलबार करिब चार बजे उनलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । एनसीबीले उनको कस्टडीको माग नगरिकन उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन अपिल गरेको थियो ।
अदालतले जमानतको माग खारेज गर्दै उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउने आदेश दियो । तर, रियाका वकिललले भने जमानतको माग गरेका थिए ।
सुशान्त सिंह मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि एनसीबीले उनीसँग पछिल्लो तीन दिनदेखि सोधपुछ गरिरहेको थियो । मंगलबार पनि एनसीबीले उनीसँग घण्टौं सोधपुछ गरेपछि उनलाई पक्राउ गर्ने निर्णय गरेको हो । उनका भाइ शोविक चक्रवर्तीलाई एनसीबीले यसअघि नै गिरफ्तार गरिसकेको छ ।
एनसीबीले यो मामिलामा रियासमेत अन्य १० जनालाई पक्राउ गरिसकेको छ । रियाको गिरफ्तारीपछि बलिउडका थुप्रै मानिसहरु उनको समर्थनमा पनि आएका छन् ।

२०७७ भाद्र २४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।