थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ

|

काठमाडौं । देशभर थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ४८ हजार १ सय ३८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप २ हजार २ सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसहित नेपालमा हालसम्म ३२ हजार ९ सय ६४ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितमध्ये ३ सय ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकोछ ।

२०७७ भाद्र २३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।