बाँकेमा ८० बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

|

बाँके/ बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १६ कि ८० बर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । ती महिला लामो समयदेखि मधुमेह र उच्च रक्तचापको बिरामी थिइन् । भदौ २१ गते स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । सोमबार स्वाब संकलन गरिएकोमा मंगलबार मृत्यु भएपछि उनको कोरोना परीक्षणको रिपोर्ट आएको हो ।

उनको दुबैतिरको फोक्सोमा निमोनिया रहेको स्वास्थ्य कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सगै बाँकेमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

२०७७ भाद्र २३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।