
नेपालगन्ज / नेपालगन्ज जेसीजको जेसीज सप्ताह २०२० कार्यक्रम अन्तर्गत तेश्रो दिन मंगलबार वाटरपार्क सरसफाइ कार्यक्रम गरिएको छ । नेपालगन्ज जेसीजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा नेपालगन्ज जेसिजका एस.डि.सि. संयोजक तथा कार्यक्रम संयोजक हिमान्चल बर्नवालले स्वागत मन्तव्य दिएको कार्यक्रममा पुर्ब राष्ट्रिय अध्यक्ष सिनेटर रविन्द्र कर्णले जेसिज सप्ताह कार्यक्रमको शुभकामना दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका वडा अध्यक्ष प्रमोद रिजालले नेपालगन्ज जेसिजले गरेका कार्यक्रमको प्रशन्सा गर्दै अहिलेको अवस्थामा पनि सरसफाइ गर्न जुट्नु भयेको मा जेसिजलाई यस्तो किसिमको कार्यक्रम जेसिज सप्ताहमा समाबेश गरेकोमा धन्यवाद दिएका थिए ।
नेपालगन्ज उपमनपा.वडा नम्बर १ वाटरपार्क ब्यबस्थापन समितीका अध्यक्ष शशिधर अधिकारि, जुनियर जेसिका अध्यक्ष बिमला श्रेष्ठ, पुर्ब अध्यक्ष जेसि अर्जुन भट्टराई, निवर्तमान अध्यक्ष जेसि रत्नकाजी शाक्य, मुल संयोजक प्रकाश कुंवर, संयोजक हिमान्चल बर्नवाल, सहयोगी जुनियर जेसि सुरज कुमार गुप्ता, लगायत जेसिज तथा जुनियर जेसिजका सदस्यहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रम महासचिव माधव प्रसाद बेल्बासेले सन्चालन गरेका थिए ।
जेसिज सप्ताह अन्तर्गत भोली चौथौ दिनको कार्यक्रम धम्बोझीमा कोभिड १९ जनचेतना कार्यक्रम गर्ने रहेको कार्यक्रमका मुल संयोजक प्रकाश कुवरले बताए।