शिक्षकहरुका लागी प्रारम्भिक सिकाइ पढाइ सन्द्रर्भ सामाग्री निर्माण तथा प्रयोग तालिम शुरु

|

बर्दिया / ठाकुरवावा नगरपालीकामा आजदेखि प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल बाँकेको साझेदारि तथा ठाकुरवावा नगरपालीकाको समन्वयमा शिक्षकहरुका लागी प्रारम्भिक सिकाइ पढाइ सन्द्रर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धी ४ दिने शिक्षण तालिम संचालन भएको छ । ठाकुरवावा नगरपालीका शिक्षा शाखाको समन्वयमा संचालन गरिएको उक्त तालिममा परियोजना संचालन भएका बिधालयका १२ जना शिक्षकहरुको सहभागीता रहेको थियो ।

विगतमा नेपाल सरकारले सन् २००९ जुलाई देखि २०१६ जुलाईसम्म विद्यालय क्षेत्र सुधार योजना कार्यान्वयन गरेको थियो । सन् २००९ देखि २०१४ सम्मको विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन पश्चात् दुई वर्ष थप गरी २०१६ सम्म सञ्चालन गरिएको थियो । नेपाल सरकारले आगामी ७ वर्षका लागि विद्यालय क्षेत्र विकास योजना अगाडि ल्याएको छ । वि.सं. २०७९ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गरी वि.सं. २०८७ सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा पुग्ने दूरदृष्टिमा केन्द्रित रहेर जुलाई २०१६ देखि जुलाई २०२३ (वि.स. २०७३ देखि २०८०) सम्मका लागि यो योजना अगाडि ल्याइएको हो ।

सबैका लागि गुणस्तरीय शिक्षाको सहज पहुँच सुनिश्चित गर्न सकिएको छैन । कतिपय समुदायका बालबालिकाको विद्यालय शिक्षामा पहुँचको स्थिति कमजोर नै छ । कठिन अवस्थामा रहेका सीमान्तकृत समुदाय, दलित तथा अल्पसंख्यक सांस्कृतिक समुदायका बालबालिका अझै पनि पूर्णतः विद्यालय शिक्षाको मूलधारमा समाहित भइसकेका छैनन् । अतः अबको उद्देश्य ती समुदायले पहुँच, सहभागिता तथा सिकाइ उपलब्धिका सन्दर्भमा भोगेका विभेदको दायरा घटाउनु रहेको छ । यसै संदर्भमा प्लान इन्टरनेशनल नेपाल, फिल्ड अफिस नेपालगंजसंगको साझेदारि मा सामाजिक सचेतन सरोकार मंच (स्याक) ठाकुरवावा नगरपालीका संगको समन्वयमा “सिकाइ परियोजना ” संचालन गरिने छ । यसै परियोजना अन्तरगत यस रहेको शिक्षकहरुका लागी प्रारभिक सिकाइ पढाइ सन्द्रभ सामाग्रीहरुको निर्माण तथा प्रयोग सम्बन्धी तालिम बाट पुर्व प्राथामिक तहमा कक्षा शिक्षक एवम बालबालीकाहरुका लागी लैगिंक मैत्री शैक्षिक सामाग्री निर्माण गरि प्रयोगको तरिकाका बिषयमा छलफल गरिने छ ।

उक्त तालिममा भर्चुवलको माध्यामबाट सहभागीहरुलाई स्वागत गदै प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजका शिक्षा संयोजक संजिब जोशिले परियोजना सञ्चालन भएका विद्यालयका कक्षाकोठाहरू छापामय बन्नेछन् । यसबाट नेपाली भाषामा पढाई र लेखाई शिक्षणका लागि पर्याप्त शैक्षिक सामग्री उपलब्ध भएको अवस्था सिर्जना हुनेछ र तालिम उपलब्धी मुलक तथा सफलता पुर्वक सम्पन्न हुने शुभकामना दिनुभयो । भने ४ दिने तालिममा सहजिकरणका लागी ठाकुरवावा नगरपालीकाका शिक्षा शाखा प्रमुख रामहरी रिजाल एवम सहजकर्ता कल्पना अधिकारीले गर्ने योजना गरिएको छ । तालिममा सहभागीहरुमा कोरानो भाइरसको संक्रमण फैलिन नदिनका लागी सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुन पानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिए ।

२०७७ भाद्र २३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।