खोरामुख पहिरो पिडितलाई हङकङमा तिन लाख संकलन

|

पोखरा / हङकङ स्थित मर्दिखोलाबासीहरुको मुल संस्था मर्दिखोला सेवा समिति हङकङ र सो संस्थाको महिला विभाग मर्दिखोला आमा समुह, हङकङको नेतृत्वमा माछापुच्छ्रे गाउँ पालिका वडा नं ८, खोरामुखमा गत साउन २ गतेको पहिरोबाट पिडित परिवारलाई रु ३,०३७,१५ ९अक्षररुपी तीन लाख तीन हजार सात सय पन्द्र रुपैयाँ, हङकङ डलर १९७१५० आज संकलन गरी नेपाल पठाईएको छ।

सो संकलित रकम मर्दीखोला सेवा समिति हङकङका अध्यक्ष रक्षा गुरुङ्ग, सचिब रामजी पौडेल र कार्य समिति सदस्यहरुले आज मर्दीखोला सेवा समिति हङकङको महिला बिभागका अध्यक्ष राम कुमारी गुरुङ्गज्यु ९मोती०, सचिब लक्ष्मी गुरुङ्ग, कार्यसमिती सदस्य तिर्थ गुरुङ्ग९नानी० र नानी कमला गुरुङ्गलाई हस्तान्तरण गर्नुभएको छ।

साउन २को खोरामुखमा गएको सो पहिरोमा कुमार बिक (१६ वर्ष),समीर बिक (१४ वर्ष ) र रोजिना बिक (१६ बर्ष)को ज्यान गएको थियो ।
रकम आमा समूहलाई हस्तान्तरण भए लगतै नेपाल निवासी मर्दिखोला सेवा समिति हङकङका प्रतिनिधि तुलसी गुरुङ र सृजना गुरुङलाई पठाईएको र सोही रकम केहि दिनै हस्तान्तरण गर्ने नानीकमला गुरुङले बताउनु भयो।

मर्दिखोला सेवा समिति हङकङले मर्दिखोला भेगमा विभिन्न सामाजिक कार्य लगायत भईपरि आउने विभिन्न आपत विपत, प्रकृतिक प्रकोपहरुमा सहयोग गर्दै आईरहेको छ। केहि दिन अगाडि मात्र मर्दि खोला सेवा समिति युकेको पहल र मर्दि खोला समाज युके आमा समूहका सल्लाहकार कमला गुरुङको उपस्थितीमा पनि सोहि पहिरो पिडितलाई रु दुई लाख आर्थिक सहयोग गरेको थियो।

२०७७ भाद्र २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।