नेपालगन्ज जेसीजद्धारा रक्तदान कार्यक्रम सम्पन्न

|

नेपालगन्ज / नेपालगन्ज जेसीजको जेसीज सप्ताह २०२० कार्यक्रम अन्तर्गत दोस्रो दिन सोमबार रक्तदान कार्यक्रम गरिएको छ । नेपालगन्ज जेसीजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी गनापुर उपशाखाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपालगन्ज जेसिजका कोषाध्यक्ष कार्यक्रम संयोजक आदित्य गुप्ताले स्वागत मन्तव्य दिएको कार्यक्रममा पुर्ब अध्यक्ष आनन्द बहादुर कर्माचार्यले जेसिज सप्ताह कार्यक्रमको शुभकामना दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले नेपालगन्ज जेसिजले गरेका कार्यक्रमको प्रशंसा गर्दै अहिलेको अवस्थामा रगतको अभावमा यस्तो किसिमको कार्यक्रम जेसिज सप्ताहमा समाबेश गरेकोमा धन्यवाद दिएका थिए । जेसिजका अध्यक्ष श्रेष्ठले बर्ष २०२० मा मात्र अहिलेसम्म ४ पटक रक्तदान कार्यक्रम राखिसकेको जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी गनापुर उपशाखा सभापति माया देबि गुरुङ, भेरी अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष प्रमोद धिताल, जुनियर जेसिसका अध्यक्ष बिमला श्रेष्ठ, पुर्ब अध्यक्ष आनन्द बहादुर कर्माचार्य, मो.फरिदुल हक, सुनिल कुमार गुप्ता, विशाल बिक्रम बर्मा, मुल संयोजक प्रकाश कुंवर, संयोजक आदित्य गुप्ता, सहयोगी जुनियर जेसिज उपाध्यक्ष सरिता बि. क., सामाजिक अभियन्ता मनिषा पन्थी, सरोबर प्रसाई लगायतहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रम महासचिव माधव प्रसाद बेल्बासेले सन्चालन गरेका थिए । जेसिज सप्ताह अन्तर्गत भोली अर्थाथत तेस्रो दिनको कार्यक्रम वाटरपार्कमा सरसफाई गर्ने रहेको जानकारी कार्यक्रम मुल संयोजक प्रकाश कुंवरले जानकारी दिए ।

२०७७ भाद्र २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।