कोरोनाबारे भ्रम फैलाउने सुबास सुब्बा लिम्बु पक्राउ

|

काठमाडौं । कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु झिकेर बेचबिखन भईरहेको भन्दै आम-सर्वसाधारणलाई दिगभ्रमित गराउने तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई प्रचार प्रसार गरेको अभियोगमा जिल्ला तेहथुम स्थायी घर भई हाल ललितपुर नक्खिपोटमा बसोबास गर्ने सुबास सुब्बा लिम्बुलाई ललितपुर नक्खिपोटबाट पक्राउ गरिएको छ ।

विभिन्न युट्युब च्यानलहरुमा कोरोना नै छैन, सरकारले हावा पिटेको भन्दै अफवाह फैलाएको, कोरोना संक्रमितको मृत्युपछि आफन्तलाई भेट्न नदिएर शरीरका विभिन्न अंगहरु किडनी, आँखा, लिभर झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेको जस्ता अभिव्यतिm दिएको पाइएकाले लिम्बुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए । सर्वसाधारणलाई कोरोना भाइरस संक्रमणबारे भ्रम फैलाएको तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिएको प्रहरीले जनाएको छ ।

तेह्रथुम स्थायी घर भई हाल नख्खिपोट बस्ने ५१ वर्षीय लिम्बुले आफूलाई प्राकृतिक डाक्टर भनेपनि त्यो सबै गलत भएको पाइएको प्रहरीले जनाएको छ । उनलाई सोमबार ललितपुर नक्खिपोटबाट पक्राउ गरी प्रहरी परिसर ललितपुर पठाइएको र उनीबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

२०७७ भाद्र २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।