कपिलवस्तुमा पनि ‘फुड बैङक’ सुरु

|

कपिलवस्तु / कोरोना महामारीको कारण लामो समयसम्म भएको लकडाउनले जनजीवन प्रभावित भइरहेको अवस्थामा कपिलवस्तुमा पनि ‘फुड बैङक’ सुरु भएको छ । लक डाउनले विशेषगरी अति विपन्न र श्रमिक मजदुरलाई विहान साँझ जोहो गर्न समस्या भए पछि जिल्लाका केही युवाहरु मिलेर बाणगंगा नगरपालिकाबाट फुड बैङकको सुभारम्भ गरेका हुन् । आइतबार चार नम्बरमा यो कार्यक्रम गरिएको छ । फुड बैङ्क भनेको खाद्य सामाग्री संकलन तथा वितरण केन्द्र हो ।

जहाँ भएकाहरुले बिभिन्न खाद्य सामाग्री संकलन गर्न सक्छन् भने नभएकाहरुले निशुल्क लिएर आफ्नो विहानसाँझको छाक टार्न सक्ने छन् । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नारा राखिएको यो अभियानबाट विपन्न तथा गरिब नागरिकलाई सहज हुने अपेक्षा गरिएको युवा अभियान्ता सुनिता बेलबासेले मायादेवीलाई जानकारी दिनुभयो । सोमबार बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा कार्यक्रम हुने बताइएको छ ।

फुड बैंकमार्फत् दाल, चामल, आलु, तेल, नुन जस्ता अत्यावश्यक खाद्यान्न संकलन र वितरण हुने छ । यो कार्यक्रमलाई आवश्यकता अनुसार जिल्लाभर संचालन गरिने पनि बेलबासेले बताउनु भयो । अभियानमा मधुसुधन भुषाल, प्रविन गौतम, सरोज घिमिरे, कोपिला गिरि लगायत युवाहरु आवद्ध रहेको सरोज घिमिरेले जानकारी दिनुभयो ।

२०७७ भाद्र २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।