मानव बेचविखन तथा ओसारपसार विरूद्वको अभियानमा एकजुट भएर लाग्नु पर्नेमा जोड

|

नेपालगन्ज / मानव बेचविखन तथा ओसारपसार बिरूद्वको चौधौं राष्ट्रिय दिवस भाद्र २० को उपलक्षमा मानव बेचविखन तथा ओसारपसार विरूद्वको अभियानमा सरोकारवालाको भुमिका विषयक अन्तर्किया कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आईतवार भर्चुअल रुपमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएका नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शम्सेर राणाले बाँके जिल्ला भारतको खुला सिमाना भएकोले धेरै चुनौती रहेको बताउनुभयो तर सामाजिक संस्थाहरुले यस मानव वेचविखन रोक्नमा धेरै नै सहयोग गरेकोमा प्रशसा व्यक्त गर्दै आगामी दिनहरुमा नेपालगन्ज उपमहानगरपालिकाबाट मानव बेचबिखन रोकथामका लागि काम गरिरहेका संघसंस्थाहरुलाई पूर्णरुपमा सहयोग गर्ने बताउनुभयो ।

सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख महिला विकास अधिकृत शोभा शाहले हाल अहिले मानव बेचबिखनको अवस्था बारे प्रष्ट पार्नुभयो साथै यस क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुलाई मानव बेचबिखन न्यूनिकरण गर्नको लागि सहयोग र सहकार्य गर्दै आएकोमा सबैलाई धन्यवाद दिदै सरोकारवाला निकाय र स्थानीय सरकारले अझ धेरै सहकार्य गर्दै गरे मानव बेचबिखन रोक्नमा पहल गर्नु पर्ने बताउनुभयो ।

सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर , महिला विकास अधिकृत मन्जु पाण्डे, माईती नेपालका संयोजक केशव कोईराला, मानवअधिकारकर्मी कमला पन्त, उमा शाह, राधिका गिरी, अंबिका पुन, बिष्णु नेपाली , स्याक नेपालका जगदिश थापा , विनिता राना, युवा अधिकारकर्मी तथा बालअधिकारकर्मी राजेन्द्र बिष्ट, श्वेता गुरुङ्ग साथै बाँके जिल्लामा तथा यस प्रदेशमा कार्यरत सामाजिक संघसंस्थाका पदाधिकारी साथै सहभागिता रहेको युवा अभियान्ता ऋतिक शाहीले जानकारी दिए ।

सो कार्यक्रममा सहभागी अभियान्ताहरुले मानव बेचविखन रोक्नमा सबै जना सक्रिय भएर लाग्नु पर्नेमा जोड दिएका थिए । 

२०७७ भाद्र २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।