बृक्षारोपण कार्यक्रम गरि जेसीज सप्ताह २०२० आजबाट शुरू

|

नेपालगन्ज / नेपालगन्ज जेसीजको जेसीज सप्ताह २०२० आजबाट शुरू भएको छ । सप्ताहको पहिलो दिन आईतबार बृक्षारोपण कार्यक्रम गरेर उद्घघाटन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं.१० मा अवस्थित गणेश मन्दिरमा गरिएको बृक्षारोपण कार्यक्रमलाई नेपालगन्ज वडा नं. १० का अध्यक्ष बिन्दु भूषण बस्नेत, मन्दिर कोषाध्यक्ष अर्जुन श्रेष्ठ र नेपालगन्ज जेसीजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठले सामुहिक रूपमा बिरुवा रोपेर उद्घघाटन गर्नुभएको थियो ।

सो बृक्षारोपण कार्यक्रममा जुनियर जेसिज अध्यक्ष बिमला श्रेष्ठ, नेपालगन्ज जेसीजका पुर्ब अध्यक्षहरू आनन्द बहादुर कर्माचार्य, सुनिल कुमार गुप्ता, बिकास कर्माचार्य, निवर्तमान अध्यक्ष रत्नकाजी शाक्य, सप्ताह कार्यक्रमका मुल संयोजक प्रकाश कुंवर, बृक्षारोपण संयोजक रिया श्रेष्ठ लगायत सामाजिक अभियन्ताहरुको उपस्थित रहेको महासचिव माधव प्रसाद बेल्बासेले जानकारी दिनुभयो ।

सप्ताह अन्तर्गत दोस्रो दिन सोमाबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सोमबार बिहान ८ बजेदेखि रक्तदान भेरी अस्पताल परिसरमा रहेको रक्तसञ्चार स्रोत केन्द्रमा रक्तदान कार्यक्रम हुने भएको सप्ताह कार्यक्रमका मुल संयोजक प्रकाश कुंवरले रक्तदानमा सहभागी भईदिनु हुन समेत आग्रह गर्नु भएको छ ।

२०७७ भाद्र २१, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।