
यति धेरै मान्छेहरू दुखेका छन्।
तर पनि किन यसरि लुकेका छन्।
लुकेकालाई लखेटिरहन भीडहरू,
दोबाटो, गल्लिहरूमा ढुकेका छन्।
लिएर राँको, आगो जस्तै बस्तिहरूमा।
दौड्नेछु जो बाँचेका छन् सास्तिहरूमा।
जलाउने छु,चेतनाको दियो यसरी मैले,
पश्चाताप हुने गरी हिजो र अस्तिहरूमा।
-लिलप्रकाश चन्द