हाम्रो बर्दिया राम्रो बर्दिया”बाेलकाे म्युजिक भिडियो सार्वजनिक

|
रमेश कुमार थापाको शब्द सिर्जनामा “हाम्रो बर्दिया राम्रो बर्दिया”बाेलकाे गीत शुक्रबार बजारमा सार्वजनिक गरिएको छ। बर्दियाको पर्यटन, वन्यजन्तु, जैविक तथा सांस्कृतिक संरक्षणका लागि तयार गरिएको गीत एपिएस नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
बर्दिया जिल्लाका ६० ओटा महत्त्वपूर्ण स्थानहरुको नाम समेटिएको छ। उक्त गीतमा गायक सङ्गीतकार प्रभात सुवेदीको लय रहेको गीतमा प्रभात सुवेदी, एकराज पौडेल, राम प्रसाद लामिछाने, महेन्द्र सेढाईं, कृतिका प्रसाईं, रविना तिवारी, प्रश्ना सुवेदी र अभिनन्दन सुवेदीको स्वर रहेको छ।
खगेन्द्र नेपालको निर्देशन तयार पारिएको म्युजिक भिडियोमा खगेन्द्र नेपाल र सपना थापाको अभिनय रहेको छ ।भिडियो छायांकन तथा सम्पादन सुवास दहितले गरेको हुन् ।
बर्दियाको सम्पूर्ण जानकारी समेटिएको यो गीत सबै बर्दियालीहरुको बर्दिया गानका रुपमा रहने र बर्दियाका जुनसुकै कार्यक्रममा पनि बज्ने अपेक्षा यसका सर्जक तथा संरक्षणकर्मी अभियान्ता रमेश थापाले बताए ।
उनकाे यस अघि पनि केही गीतहरु बजारमा आइसकेका छन् । बर्दिया जिल्लालाई चिनाउनका लागि जिल्लाका अधिकांश कला र संस्कृतिहरु समेटिएकोले यो गीत सम्पूर्णकाे मन जित्न सफल रहनेछ भन्ने आफू आशावादी रहेको गीतको म्युजिक भिडियोका निर्देशक तथा कलाकार खगेन्द्र नेपालले द वल्ड नेपाललाई बताए ।

२०७७ भाद्र २१, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।