मुस्कान खातुनलाई ५० हजार रुपैयाँ दिँदै योगेस भट्टराईले जन्मदिन मनाए

|
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको आज जन्मदिन परेको छ र सामाजिक संजाल मार्फत शुभकामनाको ओईरो आईरहेको छ ।
मन्त्री भट्टराईले जन्मदिनको दिन गरिब, असहाय, बिरामीहरुलाई सहयोग गर्दै जन्मदिन मनाउँदै आएका थिए । तर यस वर्ष मन्त्री भट्टराईले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ५० हजार रुपैयाँ दिँदै जन्मदिन मनाएका छन् ।
एक वर्षअघि (गत भदौ २० गते) घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ ।
एसिड आक्रमणमा परेकी मुस्कान खातुनको उपचारदेखि अहिलेसम्म समाजसेवी उज्वल विक्रम थापाले सघाउँदै आएका छन् । यसै सन्दर्भमा मन्त्री भट्टराईले खातुनलाई मन्त्रालयमै बोलाएर नगद ५० हजार रुपैयाँ र फुलको गुच्छाले सम्मान गरे र हौसला प्रदान गरे ।
मुस्कानले पनि आफ्नो जन्मदिनको अवसरमा नगद सहयोग गरेकोमा मन्त्री भट्टराईप्रति आभार व्यक्त गर्दै जन्मदिनको शुभकामना दिए ।
(फोटो मन्त्री भट्टराईको सामाजिक संजालबाट )

२०७७ भाद्र २१, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।