दिगो कृषिका लागि युवा प्रयत्न संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न

|

गौतम खड्का,काठमाडौं / दिगो कृषिका लागि युवा प्रयत्न संस्थाले आफ्नो ७ औँ वार्षिक साधारण सभाबाट नयाँ कमिटि चयन गरेको छ । अनलाइन जूम माध्यमबाट सम्पन्न भएको त्यस वार्षिक साधारण सभाबाट २९ जनाको नयाँ कार्यसमिति बनेको वार्षिक साधारण सभाका कार्यक्रम सञ्चालक गौतम खड्काले बताउनु भयो ।

दिगो कृषिका लागि युवा प्रयत्न संस्थाका अध्यक्ष प्रतीक किजुको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा कृषि र पशु विज्ञान अध्ययन संस्थान् पक्लिहवा कृर्षि क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. अर्जुन चापागाई, प्राध्यापक लक्ष्मेश्वर यादब, बिध्यार्थी कल्याण प्रमुख दिपक खनाल , उपप्राध्यापक राजन पौडेल , सोही संस्थाको संस्थापक कोषाध्यक्ष पुर्शुतम रौनियार संस्थापक सदस्यहरू मनोज कंडेल र रमेश उप्रेती , पुर्व अध्यक्षहरु ःखेमराज उपाध्याय, बिपिन कार्की र नीरज खनालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. अर्जुन चापागाईँले दिगो कृषिका लागि युवा प्रयत्न रुपन्देही जिल्लाको कृर्षि र भेटेरिनरी क्षेत्रमा काम गर्ने अग्रणी संस्था रहेको बताए । वार्षिक कार्यक्रमको झलक अवलोकन गर्दै पक्लिहवा क्याम्पसका विध्यार्थी कल्याण प्रमुख दिपक खनाल र उपप्राध्यापक राजन पौडेलले त्यस संस्थाको खुलेर प्रसंशा गर्नुभयो र नवनिर्वाचित समितिका पधादिकारीलाइ शुभकामना ब्यक्त गर्नुभयो । त्यसैगरी उपप्राध्यापक लक्ष्मेश्वर यादवले आफुले यस संस्थालाइ पहिलेदेखि नै साथ दिँदै आएको र आगामी दिनहरुमा पनि उत्तिकै सहायोग गर्ने बताउनु भयो । कार्यक्रमको अन्त्यमा बोल्दै संस्थाका अध्यक्ष प्रतीक किजुले आगामि दिनहरुमा पनि यो संस्थाले यही गतिमा कृषकहरूमाझ जोडिएर थप नयाँ कार्यक्रमहरु ल्याउनु पर्ने सुझाब दिए ।

७ औँ वार्षीक साधारण सभाबाट अध्यक्ष, उपाध्यक्ष ,सचिव , सह सचिव र कोषाध्यक्षमा क्रमशः मोनिक पौडेल, गौतम खड्का, टेकनाथ चापागाईँ ,भरत पुनमगर र ग्रेसा सुवाल निर्वाचित भएका छन् । र त्यस संस्था अन्तर्गत रहेका ५ उपसमितिहरुमा प्रत्यक कार्यक्रम संयोजक, सहसंयोजक र सदस्यहरू रहने गरि २४ जना चयन भएको त्यस संस्थाका सचिव गौतम खड्काले जानकारी दिए ।

२०७७ भाद्र २०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।