नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८०

|
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रबार मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको निधन भएको हो । त्यसैगरी काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । त्यसैगरी पर्साका ७५, महोत्तरीका ७८ र रुपन्देहीका ४० वर्षीय पुरुषको कोरोनाकै कारणा मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ। गौतमका अनुसार २४ घण्टामा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ। यो कुल संक्रमितको ६० प्रतिशत हो।
पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको स्वाब परीक्षण भएको हो । अहिले नेपालमा ६ हजार ५६१ जना क्वारेन्टाइनमा रहेका छन्।

२०७७ भाद्र २०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।