क्षेत्रीय महिला संयोजक उमा कार्की थापाको अपिल

|
आदरणिय सम्पुर्ण गैरआवसिय नेपाली दाजुभाई तथा दिदिबहिनिहरु र सम्पुर्ण शुभचिन्तकहरुमा
हार्दिक नमस्कार .!!
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक र दोश्रो ज्ञान सम्मेलन सेप्टेम्बर ४ देखी ६ सम्म आयोजना भैरहेको यहाँहरु सम्पूर्णलाई सर्वविदित नै छ। यतिखेर हामी प्रवासमा छौ , र प्रवासमा रहने महिला पुरुष दुबैको आशा केन्द्र रहेको गैर आवासिय नेपाली संघमा मैले शुरुदेखी आफ्नो तन मन र धन सहित एन आर एन ए यु एस् ए लाई सक्दो सकेको सहयोग गर्दै आएको हुँ।
लामो समयदेखी सामाजिक क्षेत्रलाई निरन्तरता दिंदै एनआरएन अमेरिका मार्फत सम्पूर्ण नेपाली दाजु भाई, दिदी बहिनीहरुको हक र हितको निम्ति समयको माग अनुसार आफुसंग भएको सक्षमता र अनुभवलाई लिएर यहाँसम्म आईरहँदा आज सम्पन्न भएको उद्घाटन कार्यक्रममा व्यवस्थापन गर्ने साथीहरुले आधा आकाश ढाकेका महिला आमा दिदी बहिनिहरुको साख गिराउने काम गरेको म अत्यन्त दुखीत छु।
उद्घाटन कार्यक्रममा एन आर एन ए भाईस प्रेसिडेन्ट, आई सि सि महिला संयोजक लगायत महत्वपूर्ण महिला नेतृहरुको घोर अपमान भएकोले यो कुप्रवृतिको घोर भत्सर्ना गर्दछु। नेपाली समाज पुरुषवादी सोचले आक्रान्त छ भन्ने धेरैलाई लागिरहेको बेला यो कटु सत्यले अझ गाँजेको महसूस गरेको छु।
जीवनमा ठुलो संघर्ष पार गर्दै नेत्रित्वमा पुगेर समाजलाई आशा र प्रेरणा दिनु हुने महिला नेत्रीहरुले बोल्ने प्रभावशाली कार्यक्रम महिलाको आवाज मा सहभागी हुँदै गर्नु भएका वक्ताहरुले उद्घाटन सत्रमा आधा आकाश ढाकेका सिङ्गो महिला जगतको अपमान भएको महसूस गर्दै सो कार्यक्रममा सहभागी नहुने सुचना दिनु भएकोले दु:खको साथ भोली सेप्टेम्बर -५ तारिख हुन गईरहेको “Women voice “कार्यक्रम रद्द गर्न गरिएको सुचना दिन पर्दा हृदय छिया-छिया भएको छ ।
यस दु:खद घडीमा गैरआवासीय नेपाली संघका क्षेत्रीय महिला संयोजक (अमेरिकाज) को हैसियतले सम्पूर्ण महिला दिदिबहिनिहरुलाई यस अपमान विरुद्द आवाजप्रती ऐक्यबध्दता जनाउनु हुन आग्रह समेत गर्दछु ।
यस अवस्थामा हाम्रा आदरणिय पुरुष दाजु भाईहरुले समेत हामीमा भएका मानव अधिकारको हनन र यो घोर अन्यायको विरुद्द हामीलाई साथ दिन विनम्रतापुर्वक आग्रह गर्दछु।
अन्तमा सम्पूर्ण महिला दिदि बहिनिहरुको हक़ , हित र शसक्तिकरणको लागि सदैव तत्पर रहेको प्रतिबध्दता सहित महिला एकता तथा समानतालाई सहकार्यमा रुपान्तरण गरौ र हैकम वादी सोचलाई बदलौ भन्दै सम्पूर्णमा सहयोगको लागि अपील गर्न चाहन्छु ।
धन्यवाद!
उमा कार्की थापा
क्षेत्रीय महिला संयोजक (अमेरिकाज )
गैरआवासीय नेपाली संघ

२०७७ भाद्र २०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।