सरकारको लक्ष्य यो जघन्य अपराधको पूर्ण अन्त्य हो

|
महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपालमा मानव वेचविखन तथा ओसारपोसार लगायतका जघन्य प्रकारका अपराधलाई अन्त्य गर्न सरकार दृढताका साथ लागि परिरहेको बताउनुभएको छ ।
सरकारको लक्ष्य यो जघन्य अपराधको पूर्ण अन्त्य हो । गाउँ गाउँमा ज्ञानको उज्यालो पुर्याउने र उद्यमशीलता विकास गर्दै कामको खोजीमा आफ्नो थातथलो छोड्न बाध्य महिला तथा किशोरीहरुलाई देशभित्रै रोजगारीका अवसरको सिर्जना गर्ने उद्देश्यका साथ यसै वर्षदेखी सरकारले हरेक स्थानिय तहमा ‘महिला उद्यमशिलता सहजिकरण केन्द्र’को स्थापना गरेको बताउनुभयो ।
सूचना र प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको जालो विस्तार हुँदै गएको छ । यही जालोलाई तोड्न सरकारले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरुमा हस्ताक्षर गरी सूचना र सहयोगका लागि पहल गर्दै आएको छ ।

२०७७ भाद्र २०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।