
बाँके / भेरी अस्पताल प्रयोगशालामा गत २४ घन्टामा गरिएको ४२१ नमूनाको पीसीआर परीक्षणमा ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेका ३७ जना र बर्दियाका ६ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
राष्ट्रिय बाणिज्य बैंकका ५ जनामा कोरोना देखिएको छ भने नेपालगन्ज वडा नं ९ का ९ जनालाई एकैपटक कोरोना संक्रमण देखिएको छ ।

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित