महिला सहभागिता नेतृत्व र व्यावसायिकता बारे महिला फोरम हुदै

|
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक र दोश्रो ज्ञान सम्मेलन सेप्टेम्बर ४, ५ र ६ २०२० मा हुने भएको छ। बैठकका लागि सम्पूर्ण सेशनहरुको तयारी पुरा भएको जानकारी प्राप्त भएको छ ।
साथै Women participation leadership & professionalism (महिला सहभागिता नेतृत्व र व्यावसायिकता)बारे आगामी सेप्टेम्बर ५ तारिखका दिन महिला सशक्तिकरण एंव सफल महिलाहरुको सफलताको कथाहरु (Success story) मार्फत अन्तर्राष्ट्रीय स्तरमा महिलाहरुको एक भेला गरि राष्ट्रीय तथा अन्तर्राष्ट्रीय बिज्ञ महिलाहरुको बिचमा knowledge Sharing गर्ने कार्यक्रमको आयोजना गरिएको छ।
यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ क्षेत्रीय महिला संयोजक (अमेरिकाज ) एंव Conference Co -ordinator (Session chair)उमा कार्की थापाले सेप्टेम्बर ५ तारिख,शनिवार Eastern Time बिहान १० बजेदेखी १२ बजे दिउसो सम्म अनलाईन भर्चुअल प्रबिधि मार्फत हुने भएकोले उक्त कार्यक्रममा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई यसै सुचना मार्फत निमन्त्रणा समेत गरेकी छिन् ।
उक्त कार्यक्रममा बिभिन्न देशमा रहेका नेपाली महिलाहरुको सफलताका कथा, महिला नेतृव बिकास र सहभागिता अनि ब्यबसायिकताका सफल कारणहरु समेत फोरमबाट पहिचान गरिनेछ।
उक्त फोरममा फरक फरक पेशा र क्षेत्रमा सफल रहनु भएका महिलाहरुको सहभागिता हुनेछ उक्त कार्यक्रममा सामाजिक अभियान्तहरु रबिना थापा, बन्दना राणा, भोमा लिम्बु, बिमला सापकोटा,बिष्णुमाया परियार, सिर्जना सिह योन्जन, कलाकार करिष्मा मानन्धर ईन्द्रराज भट्टराई, राजन त्रिपाठी सहितको सहभागिता हुनेछ ।
कार्यक्रम उमा कार्की थापाको संयोजकत्वमा हुनेछ र डोल्मा लामाले उक्त फोरमलाई सहजिकरण गर्नेछिन् ।

२०७७ भाद्र १८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।