दशरथ रामकाे संयाेजकत्वमा दलित संघर्ष समिति बारा गठन

|
बारा / बाराकाे सदरमुकाम कलैयामा आज दलित अगुवाहरूकाे भेलाले दशरथ रामकाे संयाेजकत्वमा दलित संघर्ष समिति बारा गठन गरेकाेछ । राैतहटकाे गरुडामा भएकाे दलित युवा निरञ्जन राम र बिजय रामकाे हत्या काण्डका दाेषीलाई कडाभन्दा कडा कार्वाहिका लागि सरकार विरुद्ध कडा संघर्ष गर्नकाे लागि साे समिति गठन गरिएकाे अध्यक्ष दशरथ रामले बताएका छन् ।
समितिकाे सहसंयाेजकमा तारा कुमारी राम, काेषाध्यक्षमा सुगान्धि पासवान, सचिवमा राज नारायण राम सदस्यमा गेनालाल राम, अच्छेलाल राम, उपेन्द्र पासवान, भवन राम, भदई राम, कृष्णा राम लगायत २५ सदस्यीय समिति गठन भएकाेछ । त्यसैगरि समितिकाे सल्लाहकारमा बिक्रम राम, महन्थ राम, सत्यनारायण राम, श्रीप्रसाद पासवान, कलावति पासवान, सिकेन्द्र पासवान , गणेश पासवान, महेश विश्वकर्मा रहेका छन् ।
समितिले बाराका सबै पालिकाहरूमा भाद्र १८ गते ज्ञापन पत्र बुझाउने र १९ गते सदरमुकाम कलैयामा बिराेध प्रदर्शण गर्ने र भाद्र २० गते कलैयामा समीक्षा बैठक बसि पुन: आन्दोलनकाे खाका तयार गरि अगाडि बढ्ने निर्णय गरेकाेछ ।

२०७७ भाद्र १७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।